१४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित

सुरक्षा कमजोरीले दलका प्रतिनिधि अराजक भएको आयोगको निष्कर्ष


३० बैशाख २०७९, शुक्रबार
Fullscreen capture 5132022 25602 PM AUbsJRpw0P

काठमाडौँ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४४ वटा केन्द्रको मतदान स्थगित भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । झडपपछि कतिपय स्थानमा गोली समेत चलेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारीअनुसार १४ जिल्लाका २८ स्थलको ४४ मतदान केन्द्रमा मतदान प्रक्रिया रद्द भएको छ । ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोगले जनाएको छ । अर्को मिति तय गरेर त्यहाँ मतदान हुनेछ ।
सुरक्षा कमजोरीले दलका प्रतिनिधि अराजक भएको आयोगको निष्कर्ष
निर्वाचन आयोगले देशैभर एकै चरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ । देशभर एकै चरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

‘एकै चरणमा गर्दा सुरक्षामा चुनौती भयो । दलहरुको सहयोग हुनुपर्ने हो त्यो हुन सकेन’, उनले भने, ‘साना विषयमा अनावश्यक विवादले उग्ररुप लिएको छ ।’ उनले सुरक्षा कमजोरीका कारण दलका प्रतिनिधिहरु अराजक बनेको आयोगले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७