निर्वाचनमा सत्ता गठबन्धनले हिंसा भड्कायो : ओली

कतिपय ठाउँको मतदान पुनः गर्न माग


३० बैशाख २०७९, शुक्रबार
kp sharma oli GMOp3Fhfh2


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी गठबन्धनको निर्वाचनमा हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै सत्ताधारी गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरेको आरोप लगाएका हुन् ।

‘सत्ता पक्षीय गठबन्धनले केही स्थानमा हाम्राविरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापू गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य समेत गर्‍यो,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले कतिपय स्थानमा गृह प्रशासनको भूमिका असन्तुलित भएको जनाएको छ । ‘लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती स्थानमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित देखियो ।’
हेर्नुस् विज्ञप्तिको पूर्णपाठ

olipressstatement 1352022052853 1000x0 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७