मनाङको चामेमा एमालेको विजयी शुरुवात, फेरि बने लोकेन्द्र घले अध्यक्ष

कांग्रेसकी छिरिङदोर्जे लामा उपाध्यक्षमा विजयी


३१ बैशाख २०७९, शनिबार
lokendrabahadur ghale tvmhjZK7mN


मनाङ । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत ल्याएका छन् । उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भएकी छन् । ०७४ को चुनाबमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै निर्वाचित भएका थिए । उपाध्यक्ष पद कांग्रेसले नै जितेको थियो । योपल्ट एमाले र कांग्रेस दुबैले आफ्नो सिट सुरक्षित गरेका छन् ।

पाँच वटा वडाहरू रहेको यस पालिकामा ०७४ को चुनावमा एमालेले पालिका अध्यक्षसहित दुईटा वडा जितेको थियो । त्यस्तै स्वतन्त्रले २ वडा जितेको थिए भने कांग्रेसले उपाध्यक्षसहित एउटा वडा जितेका थियो । यो पटकको चुनावमा वडा नम्बर २, ३ र ४ मा नेपाली कांग्रेसले जितेको छ । एमालेले वडा नम्बर १ निर्विरोध जितेको छ भने वडा नम्बर ५ मा गोलाप्रथाबाट वडाध्यक्ष जितेको छ । वडा नम्बर १ र २ मा क्रमशः एमाले र कांग्रेसबाट वडाध्यक्षहरु निर्विरोध निर्चाचित भएका थिए ।

वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका कैले गुरुङ र काँग्रेसका फर्बा छिरिङ लामाले बराबर ३०-३० मत ल्याएपछि गोला तानिएको थियो । गोला तान्दा एमालेका गुरुङले जितेका छन् । उक्त वडाको वडा सदस्यमा पनि २८-२८ मत खसेपछि कांग्रेस र एमालेका उम्मेदवारबीच गोला तान्दा एमालेका वडा सदस्य समीरा गुरुङको भाग्य खुलेको थियो ।

नेपाली काँग्रेसले यस पालिकामा विगतको भन्दा एउटा वडाध्यक्ष थपेको छ । एमालेले पुरानै नतिजाअनुसार पालिका अध्यक्ष र दुईवटा वडा जोगाएको छ । कुल जनसंख्या १ हजार २७२ जना रहेको चामे गाउँपालिकामा ७११ जना मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७