चितवनको माडीमा माओवादीको शुरुवाती अग्रता, बनेपामा एमालेको


३१ बैशाख २०७९, शनिबार
maobadi

चितवन । चितवनको माडी नगरपालिकामा स्थानीय तह निर्वाचनको मत गण्नामा नेकपा (माओवादी केन्द्र) ले शुरुवाती अग्रता बनाएको छ ।

मेयरमा माओवादी केन्द्रका ऋषि काफ्लेले ८९ मत ल्याएर शुरुवाती अग्रता बनाएका छन् भने एमालेका ताराकाजीले ८२ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयरमा कांग्रेसका खेम महतोले ८० मत ल्याएर अग्रता कायम गरेका छन् । माडीमा माओवादी केन्द्र र काग्रेसबीच चुनावी तालमेल भएको छ ।

यस्तै बनेपा नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । ३४३ मत गणना गर्दा मेयरमा नेकपा एमालेले १६१, नेपाली कांग्रेसले १३९ मत हासिल गरेको छ । यस्तै वडाअध्यक्षमा नेकपा एमालेले १५६ र नेकपा एकीकृत समाजवादीले १३९ मत पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७