जनकपुर उपमहानगरमा बागीले लिए अग्रता, बुटवलमा कांग्रेसलाई राप्रपाले पछ्याउँदै


३१ बैशाख २०७९, शनिबार
Janakpur

जनकपुर । जनकपुर उपमहानगरपालिकामा आज (शनिबार) बिहानैबाट मतगणना शुरु भएको छ । शुरुमा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याएका छन् ।

मत गणनाका क्रममा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत खसेको छ । स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ । अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ ।

एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ ।

बुटवलमा ८३ मतसहित कांग्रेसको अग्रता, राप्रपाले पछ्याउँदै
बुटवल उपमहानगरपालिकामा करिब २ सय मत गणना भएको छ । जसमध्ये कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ८३ मत प्राप्त गरेका छन् । उनी अग्रस्थानमा छन् भने राप्रपाका मृगेन्द्र शेरचनले ४५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेकपा एमालेका बाबुराम भट्टराई ३३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७