सोलुखुम्बुमा कांग्रेस-माओवादीबीच झडप : एकको मृत्यु, केही घाइते


३१ बैशाख २०७९, शनिबार
congress maoist


सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।

झडपमा परी स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी कांग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुङ्गा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले जानकारी दिए ।

मतदातालाई घर लैजाने विषयमा विवाद झडप भएको थियो । अरू केही व्यक्ति घाइते भएको प्रजिअ खनालले बताए । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७