मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन निर्वाचित

एमालेका थकाली दुई मतले पराजित


३१ बैशाख २०७९, शनिबार
Mohanshing Lalchan

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेद्वार विजयी भएका छन् । शनिबार बिहान सकिएको मत गणनाअनुसार घरपझोङ गाउँपालिका प्रमुखमा कांग्रेसका मोहनसिंह लालचन निर्वाचित भएका हुन् ।

कांग्रेसका लालचनले ७६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाए । लालचनसँग एमालेका सञ्जयकुमार थकाली दुई मतले पराजित भएको एमालेकी केन्द्रीय सदस्य श्रीमाया थकालीले जानकारी दिएकी छन् । यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थकाली निर्वाचित भएकी छिन् । थकालीले ६९३ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७