सुर्खेतमा सहायक मतदान अधिकृतको मृत्यु


३१ बैशाख २०७९, शनिबार
Hirdiyaram Dhakal

सुर्खेत । स्थानीय तह निर्वाचनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परी ज्यान गएको छ । वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगर-८ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७