मनाङ ङिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले दोस्रो पटक बिजयी


३१ बैशाख २०७९, शनिबार
amale 1

मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कान्छा घले ८६१ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले) ले ७१३ मत ल्याएकी छन् ।

उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याएका छन् । राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले एक मत ल्याए । मनाङ ङिस्याङमा ०७४ पनि एमालेका कान्छा घलेले जितेका थिए । मनाङको सबैभन्दा धेरै ३,५३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १,६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको थियो ।

मनाङ ङिस्याङ-१ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन् । वडा-२ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भएका छन् । एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन् ।

वडा ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन् । वडा ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन् । कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन् । वडा ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भएका छन् । एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन् ।

वडा ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन् । कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन् । वडा ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन् । एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन् । वडा ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन् । वडा ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७