इलामको देउमाईको मत गणनास्थलमा हवाईफायर


२०७९ बैशाख ३१ शनिबार ०६:५४ बजे

इलाम । इलामको देउमाइ नगरपालिकास्थित मत गणनास्थलमा हवाईफायर भएको छ । शनिबार नगरपालिका भवनमा मतगणना जारी रहँदा निर्वाचन कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवादले उग्ररूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाईफायर गरेको स्थानीय पत्रकार टीका खतिवडाले जानकारी दिएका छन् ।

मत गणनाकै क्रममा करारका एक कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद शुरु भएको थियो । त्यसपछि सत्ता गठबन्धनमा आबद्ध दल निकट व्यक्तिहरूले नेकपा (एमाले) ले ‘सेटिङ’ गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरूको विरोधपछि मतगणना अवरुद्ध भएको खतिवडाले जानकारी दिएका छन् ।

उनीहरूले निर्वाचन अधिकृत हरिबहादुर दाहाल र स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेपछि मतगणनास्थल अशान्त बनेको थियो । विवादकै बीच स्थिति जटिल बन्दै गएपछि हवाईफायर भएको खतिवडाले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७