विराटनगरको मेयरमा नागेशको अग्रता कायमै, एमालेका सागर थापाले पछ्याउँदै


३१ बैशाख २०७९, शनिबार
nagesh koirala

विराटनगर । विराटनगर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । ८०० मत गणना गर्दा कोइरालाले २६९ मत पाएका छन् । कोइरालालाई पछ्याइरहेका एमालेका सागर थापाले १८१ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् । यसैगरी, उपमेयरमा एमालेकी शिल्पा कार्कीले २२६ मत ल्याएकी छिन् भने अमरेन्द्र यादवले १५२ मत पाएका छन् । विराटनगरमा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच गठबन्धन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७