धनगढी : स्वतन्त्र उम्मेद्वार गोपाल हमालको अग्रता, कांग्रेसले पछ्याउँदै


३१ बैशाख २०७९, शनिबार
gopal hamal

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता देखिएको छ । कांग्रेसका उम्मेदवार नृप वडलाई उछिन्दै स्वतन्त्र गोपाल हमालले अग्रता बनाएका हुन् । १०० मत गणना हुँदा हमालको आँप चिन्हमा ५५ मत प्राप्त भएको छ ।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका वडको २२ मत आएको छ । यस्तै एमालेका उम्मेदवारको जम्मा दुई मत प्राप्त हुँदा २१ मत बदर भएको छ । उपप्रमुखमा माओवादीकी शान्ति अधिकारी ४०, एमालेकी कन्दकला राना १०, राप्रपाले ८ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७