मनबहादुर गुरुङलाई हराउँदै धनबहादुर गुरुङ विजयी


३१ बैशाख २०७९, शनिबार
dhanbahadur gurung 1452022093041 1000x0 1

मनाङ, ३१ बैशाख । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा मनबहादुर गुरुङलाई हराउँदै धनबहादुर गुरुङ विजयी भएका छन् ।

नेपाली कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ९०२ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वीमा स्वतन्त्र अर्जुन गुरुङले ५९१ मत प्राप्त गरेका छन् ।

मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको थियो । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ ।

नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७