भरतपुर : एमालेको अग्रता कायमै, १५० मत गन्दा रेणु दाहाल १५ मतले पछाडि


३१ बैशाख २०७९, शनिबार
renu dahal 1

चितवन । चितवनको भतरपुर महानगरपालिकामा १५० मत गणना हुँदा मेयरकी उम्मेदवार रेणु दाहाल १५ मतले पछाडि परेकी छन् । शनिबार अपराह्न ३:४५ बजेसम्म १५० मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले ६६ मत पाएका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) की उम्मेदवार दाहालले ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् । उनले कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसैगरी, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् । अहिले वडा नं. १ को मतगणना भइरहेको छ । वडाध्यक्षमा पनि एमालेका शुक्र श्रेष्ठले ६५ र कांग्रेसका केशव महर्जनले ५९ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७