निर्विरोधसहित ११ पालिकाको नतिजा सार्वजनिक : माओवादीले पनि खोल्यो खाता


३१ बैशाख २०७९, शनिबार
BB BAITADI

काठमाडौं । पालिका चुनावमा निर्विरोध भएकासहित ११ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ५, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले एक ठाउँमा जित हासिल गरेका छन् ।

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी
जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।
उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भइन् ।

एमाले 
१. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
२. मनाङको ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस 

१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

माओवादी 

१. डोल्पाको जगदुल्लाह गाउँपालिका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७