लोकप्रिय मत सुनिता डङ्गोललाई, गठबन्धनका उम्मेदवारसँग फराकिलो मतान्तर


३१ बैशाख २०७९, शनिबार
Sunita Dangol 1

काठमाडौं । काठमाडौं महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिइरहेकी छन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन् ।

यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । जारी मतगणनाका क्रममा सबैभन्दा लोकप्रिय मत नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पाएकी छन् ।

शुरुमा मेयर पदमा स्वतन्त्र उठ्ने घोषणा गरेर एमालेबाट उपमेयरको टिकट पाएकी उनले ताजा अवस्थामा ५३० मत ल्याउन सफल भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७