भाेजपुर हतुवागढी–९ मा एमालेका सञ्जल राईको प्यानलै विजयी


३१ बैशाख २०७९, शनिबार
sanjel rai

भोजपुर, ३१ बैशाख । हतुवागढी गाउँपालिका वडा नम्बर ९ मा नेकपा (एमाले)को उम्मेद्धार सञ्जल राईको प्यानलै विजयी भएका छन् । शनिबार सकिएको वडाको मत परिणाम अनुसार ९ नम्बर वडाको अध्यक्षमा ४२६ मतका साथ एमाले उम्मेदवार सन्जल राईको प्यानैलै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केशरमान राईले ३९५ मत प्राप्त गरेका हुन् भने नेपाली कांग्रेसका उम्मेदवार साइतीमाया राईले १६३ र मंगोल नेशनलका उम्मेदवार अमर राईले ६ मत प्राप्त गरे ।
बेलुका सम्म हतुवागढी ९ र १ को मत परिणाम सकिँदा वडाध्यक्षमा दुबै एमाले उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७