साल्पासिलिछो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)को अग्रता


३१ बैशाख २०७९, शनिबार
shanti adhikari and rita ghale scaled

भोजपुर, ३१ बैशाख । साल्पासिलिछो गाउँपालिका वडा नं. १ र २ को मतगणना सकिँदा नेकपा (एमाले)को अध्यक्ष र उपाध्यक्षमै अग्रता लिएको छ । अध्यक्षमा शान्ति अधिकारीले ६२ मतले अग्रता लिएका हुन् । उनले ५५८ मत प्नाप्त गरे। स्वतन्त्र गठबन्धनका दौलथ कुलुङले ४९४ र नेपाली कांग्रेसको महेश राईले ४६० मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)को रिता घलेले फराकिलो अन्तर अग्रता कायम गरेकी छिन् । उनले ८४८ मत ल्याउँदा उनको निकटत्तम प्रतिद्धन्द्धी अस्मिता कुुलुङ राईले ३६८ र माओवादी केन्द्रका जलवती राईले २८९ मत प्राप्त गरेकी छिन् ।

वडा नं. २ नेकपा (एमाले)को गणेश खत्री प्यानल नै फराकिलो मतान्तरले विजयी भएका छन् । शनिबार बेलुका सम्पन्न भएको वडा नं. २ को मतगणना अनुसार उनले निकटत्तम प्रतिद्धन्द्धी (माओवादी केन्द्र)का दलबहादुर गिरीलाई १९० मत अन्तरले पराजित गरेको हो ।

८४० मत खसेको २ नम्बर वडामा उनले ४४२ मत ल्याए भने माओवादी केन्द्रक गिरीले २५२ मत ल्याए । यसैगरी नेपाली कांग्रेसका विदुर कार्कीले १२१ मत ल्याए ।

यस्तै वडा सदस्यहरुमा नेकपा (एमाले)को सर्मिष्ठा सुन्दास, गीता सुन्दास, मोहनलाल गुरुङ र डिग बहादुर राई विजयी भएका छन् ।

वडा नम्बर १ मा नेपाली कांग्रेसको गणेश बुढाथोकी विजयी भएका छन् ।

वडा नम्बर २ को अन्तिम मत परिणाम

वडा नम्बर २ : खसेको मत (८४०)
अध्यक्ष
नेकपा (एमाले) (शान्तिबहादुर अधिकारी) : ४०८
नेपाली कांग्रेस (महेश राई) : १५०
स्वतन्त्र (दौलथ राई) : २११

उपाध्यक्ष
नेकपा एमाले (रिता घले) : ४९८
नेपाली कांग्रेस(अस्मिता कुलुङ राई) : ८४
नेकपा (माओवादी केन्द्र) (जलवती राई) : २०४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७