पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ह्वात्तै बढ्यो


३१ बैशाख २०७९, शनिबार
petrol picturer1

काठमाण्डौ, ३१ बैशाख । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज (शनिबार) रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।

अहिलेलाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७