सुनिता डंगोलकाे फराकिलो अग्रता कायमै


२०७९ बैशाख ३१ शनिबार ०७:०८ बजे

काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले)की उम्मेद्धार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राखेकी छिन् । काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाम अनुसार ९२० मत सहित अग्रता कायमै राखेकी छिन् ।

उनको निकटत्तम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन् । राप्रपाकी विनिता मगौयाले २०८ मत पाएकी छन् ।

मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । उनले ७६८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५५० र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ४२१ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०५ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले १६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका अनुसार हाल काठमाडौं महानगरपालिकाको ५ वटा वडाको मतगणना भइरहेको छ । जसमध्ये वडा नम्बर ३२ को ७००, वडा नम्बर १ को ७१०, वडा नम्बर २ को ४८०, वडा नम्बर ३ र ४ को २००–२०० मत गणना सकिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७