गुल्मीको रेसुंगा नगरपालिकामा खिलध्वज पन्थी र अमृतादेवी कुवँर निर्वाचित


१ जेष्ठ २०७९, आईतवार
khlidhwaj panti rand amrita kanwar

गुल्मी, ३१ वैशाख । गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसको खिलध्वज पन्थी र अमृतादेवी कुवँर निर्वाचित भएका छन् ।

मेयरमा पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्द्धी नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याए ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले ८ हजार ६ सय १९ मत प्राप्त गरेकी छिन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् ।

रेसुंगाको १४ वडा मध्ये १० वटा वडामा कांग्रेस र ४ वटा वडा एमाले उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

रेसुंगा नगरपालिकाका १४ वडामध्ये कांग्रेसले १० र एमालेले ४ वडामा अध्यक्ष पद जितेका छन् । कांग्रेसका तर्फबाट वडा नं. २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लीलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा रामजीप्रसाद पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे, १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिं टन्डन क्षेत्री, १३ मा हुमबहादुर बस्नेत र वडा नं. १४ मा धनबहादुर पुन विजयी भएका छन् ।

नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए ।

०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख र ६ वटा वडामा वडाअध्यक्ष जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७