सपनाको उडान भर्न दिल्ली उडे सन्दिप


१३ चैत्र २०७४, मंगलवार
sandip

काठमाडौं, १३ चैत : विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने इण्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागी हुन नेपाली क्रिकेटका हिरो सन्दिप लामिछाने दिल्ली उडेका छन् ।sandip

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली प्रस्थान गर्नुअघि सन्दिपले पाएको अवसरलाई सदुपयोग गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले आइपिएलमा दबाबमुक्त भएर प्रदर्शन गर्ने र टिममा आफू रहनु वा नरहनु ठूलो कुरा नहुने बताए । आफ्नो जीवनको ठूलो सपना भनेकै नेपाली राष्ट्रिय टिमबाट खेल्नु भएको बताएका उनले आइपिएलमा आफूमाथि कुनै दबाब भने नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७