ललितपुर अपडेट : चिरिबाबुले हरिकृष्णलाई साढे चार सय मतले पछि पारे


२०७९ जेठ १ आइतबार ०७:३३ बजे

ललितपुर । ललितपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धन उम्मेदवार चिरिबाबु महर्जनको अग्रता फराकिलो हुँदै गएको छ । महर्जनले ८२३ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारको मत ३८१ छ ।

उपमेयरमा एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ४२० मत पाएकी छन् । गठबन्धनतर्फका उपमेयर उम्मेदवार बाबुराज बज्राचार्य पछाडि परेका छन् । उनले जम्मा १०४ मत मात्र ल्याएका छन् । उनी गठबन्धनका उम्मेदवार हुन् । महानगरको वडा नम्बर १ मा ६६१ मतका साथ स्वतन्त्र उम्मेदवार निर्मल ताण्डुकार विजयी भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७