खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी


२०७९ जेठ १ आइतबार १०:२५ बजे

हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कणर्बहादुर रावल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले एक हजार आठ सय १० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याएका छन् ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस-माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।
सिमकोटमा बोहरा विजयी
यस्तै सिमकोट गाउँपालिका नेपाली काँग्रेसबाट वडाध्यक्षमा देवजङ्ग बोहरा निर्वाचित भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७