बझाङको थलरा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी


२०७९ जेठ १ आइतबार ०७:२० बजे

बझाङ । बझाङको थलरा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले दिएको जानकारी अनुसार गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित एमालेका प्रकाश रोकायाले २,७७४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २,११३ मत ल्याए । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विनोद थापाले १,२०३ मत पाएका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका राम खाती विजयी भए । उनले ३,१५० मत प्राप्त गरे । उनका निटकतम प्रतिस्पर्धी एमालेकी मीरा रावलले २,५८७ मत ल्याएको गौतमले जानकारी दिए । वडातर्फ एमालेले तीन, नेकपा (माओवादी केन्द्र) ले दुई, कांग्रेसले दुई र एकीकृत समाजवादीले एउटा वडा जितेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७