धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी


२०७९ जेठ १ आइतबार ११:५४ बजे

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे । मिथिला नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेकी छन् ।

त्यस्तै धनुषाको सबैला नगरपालिका-१ को वडाध्यक्षमा पनि कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । जनकनन्दनी गाउँपालिका-१ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी) का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडा सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७