नेपालमा ‘सुपर डान्सर नेपाल’ फ्रेञ्चाइज डान्स रियालिटी शो आउँदै


१ जेष्ठ २०७९, आईतवार
super dance

काठमाडौं । एडी रिलिजले पहिलो पटक अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ नामक शो ल्याउने भएको छ ।

कम्पनीले पे्रस विज्ञप्ती जारी गर्दै ‘सुपर डान्सर नेपाल’ लाई शीघ्र दर्शकमाझ ल्याउने जानकारी गराएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउन अहिलेसम्मकै ठूलो भारतीय फ्रेञ्चाइज शो नेपालमा ल्याउन लागेको जानकारी दिंदै कम्पनीकी कम्युनिकेसन्स् म्यानेजर रश्मी अग्रवालले भनिन्, ‘यो शोले बालबालिकाको क्षमता विश्वसामु प्रस्तुत गर्ने विश्वास लिएका छौं ।’

उक्त शोको अडिसन देशका प्रमुख शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुमा समेत हुने आयोजकले जानकारी दिएको छ । शोको प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन-२ का उपविजेता नेपाली डान्स समूह वाइल्ड रिपर्ज रहेको आयोजकले जानकारी दिएको छ । तीन जना निणर्यक मण्डल रहने शो ३० भागमा कान्तिपुर टेलिभिजनबाट बिहीबार र शुक्रवार प्रशारण हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७