पोखरामा तीन हजार मत गणना गर्दा धनराज ६१ मतले अगाडि


२०७९ जेठ १ आइतबार ०७:३२ बजे

पोखरा । पोखरा महानगरपालिकामा तीन हजार मतगणना भइसकेको छ । तीन हजार मतगणना हुँदा प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले १,१२१ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) उम्मेदवार कृष्ण थापाले एक हजार ४० मतसहित आचार्यलाई पछ्याइरहेका छन् । उनको आचार्यको भन्दा ६१ मात्र कम मत हो ।

उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले १,२४० मत ल्याउँदा एमालेकी मञ्जु गुरुङले १,१६५ मत ल्याएर पछ्याइरहेकी छन् । गुरुङ रानाभाटभन्दा ७५ मतले पछि छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७