तमानखोला गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा दुबैमा कांग्रेस विजयी


१ जेष्ठ २०७९, आईतवार
1620478210 Nepali Congress flag 1200x560 1

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएकी हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा दुई हजार २१९ मत ल्याएर निर्वाचित भएका जोकलाल बुढा यसपटक दुई हजार ७०७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

जिल्लाभर संयुक्त पाँच दलले गठबन्धन गरेर चुनावमा गए पनि तमानखोला गाउँपालिकामा गठबन्धन तोडेर आ-आफ्ना उम्मेदवार उठाएका छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निसु रसाइलीलाई ८१० मत अन्तरले पराजित गर्दैै नेपाली कांग्रेसकी हिराकुमारी छन्त्याल विजयी भएकी हुन् ।

छन्त्यालले दुई हजार ७१९ मत प्राप्त गर्दा रसाइलीले एक हजार ९५८ मत प्राप्त गरेकी छन् । गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले एक हजार ९९५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षका उम्मेदवार तारानाथ सिपार्लीले एक मत प्राप्त गरेका छन् ।

यस्तै पाँचवटा वडा रहेको तमानखोलाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र) का थमबहादुर रोका, वडा नं २ मा माओवादी केन्द्रका नारायण सुनार, वडा नं ३ मा कांग्रेसका झकबहादुर बुढा, वडा नं ४ मा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नं ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नं ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्यालको प्यानल विजयी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७