स्याङ्जा हरिनासमा गठबन्धनलाई पराजित गर्दै एमालेका मानन्धर विजयी


१ जेष्ठ २०७९, आईतवार
khimnarayan and indrakuamri harinash

स्याङ्जा, १ जेठ । स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का खिमनारायण मानन्धर विजयी भएका छन् ।

उनले गठबन्धन अन्तर्गतका नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी भएका हुन् । मानन्धरले चार हजार सात सय ६९ मत ल्याउँदा भुजेलले चार हजार सात सय ३२ मत प्राप्त गरे ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी राना विजयी भएकी छिन् । उनले चार हजार सात सय ४० मत पाइन् । गठबन्धन अन्तर्गत माओवादीका मिठु लम्सालले चार हजार सात सय १६ मत ल्याइन ।

सात वटा वडा रहेको हरिनासको वडा नम्बर १ मा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरूङ, वडा नम्बर २ मा कांग्रेसकै चित्रबहादुर थापा, वडानम्बर ३ मा ओम प्रकाश सिग्देल, वडानम्वर ४ मा सन्त बहादुर थापा, वडा नम्बर ५ मा निर्मल लम्साल, ६ मा दिल बहादुर राना र वडा नम्बर ७ मा भरत थापा विजयी भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७