सोलुखुम्बुकाे लिखुपिकेमा कांग्रेसका मिना कार्की र ङवाङ ल्हाक्पा शेर्पा विजयी


१ जेष्ठ २०७९, आईतवार
mina karki

सोलुखुम्बु, १ जेठ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै लिखुपिके गाउँपालिका अध्यक्षमा मिना कार्की र उपाध्यक्षमा ङवाङ ल्हाक्पा शेर्पा विजयी भएका हुन् ।

मिना कार्कीले पूर्व पालिका अध्यक्ष डम्बरबहादुर बस्नेतलाई १ सय ४७ मतले पछि पार्दै जित हात पारे । बस्नेतको पक्षमा ११ सय १३ मत खसे ।

यस्तै, पालिका उपाध्यक्षमा जित हात पारेका ङवाङल्हाक्पा शेर्पाले १४ सय ११ मत प्राप्त गरे। उनका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार प्रमिला बस्नेतले ८ सय ६७ मत ल्याए । बस्नेत यस अघि पनि यही पालिकाकी निर्वाचित उपाध्यक्ष हुन् ।

त्यस्तै नेकपा एमालेबाट पालिका अध्यक्षका उम्मेदवार पोष्टकुमार कार्कीले ५ सय ८० मत प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७