हुम्लाको ताजाकोट गाउँपालिका माओवादी केन्द्रको लालकेश जैशी विजयी


१ जेष्ठ २०७९, आईतवार
moist

हुम्ला, १ जेठ । हुम्लाको ताजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रमा लालकेश जैशी विजयी भएका छन । भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन ।

अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार लालकेश जैशीले एक हजार आठ सय १० मत प्राप्त गरेर जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका अजमल बुढाले नौ सय ९५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा विजयी भए ।

पाँच वटा वडामध्ये चार वटा वडामा माओवादी केन्द्र र एउटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७