काठमाडौं महानगरमा एमालेको विजयी सुरुवात, वडा नंं. १ मा भरतलाल श्रेष्ठ निर्वाचित


२ जेष्ठ २०७९, सोमबार
bharat lal shrestha

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका नेकपा (एमाले)ले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल श्रेष्ठ निर्वाचित गर्दे एमालेले विजयी सुरुवात गरेको हो ।

उनी ६२२ मतका साथ निर्वाचित ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् ।

लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी केन्द्रका २८ र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले २६ मत पाएका छन् ।

खुला वडा सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ र शुभरत्न नेपाली, महिला सदस्यमा एमालेकी रसला तण्डुकार र दलित महिला सदस्यमा कांग्रेसकी मिना सुनार निर्वाचित भएकी छन् ।

एक नम्बर वडामा २३३१ मत खसेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७