सोलुखुम्बुको थुलुङ दुधकोशीमा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी


२ जेष्ठ २०७९, सोमबार
ashim and sabita rai

सोलुखुम्बु, २ जेठ । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

यहाँ ९ हजार ७ सय ८८ मत खसेको थियो । राईले गाउँपालिका अध्यक्षमा करिब ५ सय मतान्तरसहित जितेका हुन् । उनले ४ हजार ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३ हजार ५ सय ११ मत पाए । एमालेका आङबाबु राई १ हजार ६ सय १ मतमा समेटिए ।

यस्तै उपाध्यक्षमा पनि माओवादीकै सविता राईले तीन हजार आठ सय मत ल्याएर जित हासिल गरे।
उनी करिब ३ सय मतान्तरले निर्वाचित भइन् । उनले ३ हजार ८ सय मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३ हजार ५ सय २३ मत ल्याइन् ।

एमालेकी कल्पना गिरी १ हजार ७ सय ४६ मत पाइन् । उनीहरु दुवै दोस्रो पटक थुलुङ दुधकोशीको नेतृत्वमा दोहोरिएका छन् । विजयी बनेपछि अध्यक्ष राईले काम र जनसेवामा प्रतिबद्धता जनाएका छन् ।

पालिकामा माओवादी केन्द्रको नेतृत्व आउँदै गर्दा ५ वडामा समेत जित निकालेको छ । वडा नं २, ५, ७, ८ र ९ मा माओवादी केन्द्रका वडाअध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७