दैलेखको नारायण–१ मा २६ वर्षपछि एमालेले गुमायो विरासत


२ जेष्ठ २०७९, सोमबार
सन्देशकुमार श्रेष्ठ

दैलेख, २ जेठ । नारायण नगरपालिका–१ दैलेखमा २६ वर्षपछि आफनो विरासत गुमाएको छ । सदरमुकाम समेत रहेको वडामा २०५४ देखि निर्वाचनमा जित्दै आएको एमालेको बिरासत तोड्दै कांग्रेस निर्वाचित भएको हो ।

यहाँ कांग्रेस उम्मेदवार सन्देशकुमार श्रेष्ठ विजयी भएका हुन्। ३ सय ७८ मत ल्याएर विजयी भएका श्रेष्ठका निकटम प्रतिद्धन्द्धी एकिकृत समाजवादीका रमेशकुमार केसीले ३ सय ५८ मत ल्याएका थिए।

नेकपा एमालेले तेस्रो स्थानमा आए। एमालेबाट वडाध्यक्षका उम्मेदवार मनोज थापाले ३ सय मत ल्याएका थिए। यसरी वडामा आफ्नो विरासत एमालेले यस पटकको निर्वाचनमा गुमाएको हो। दैलेखमा ११ स्थानीय तह र ९० वटा वडा रहेका छन्।

२०५३ सालमा स्थापना भएको नारायण नगरपालिकामा पहिलो चुनाव २०५४ मा भएको थियो।
त्यसबेला एमालेबाट पहिलो वडाध्यक्षमा दिपबहादुर श्रेष्ठ निर्वाचित भएका थिए। त्यसयता राजाको प्रत्यक्ष शासनकालमा वडाध्यक्षहरु यामबहादुर मल्ल र यामु श्रेष्ठ मनोनित भएका थिए। २०७४ को स्थानीय चुनावमा नेकपा एमालेका तिर्थनारायण श्रेष्ठ विजयी भएका थिए। कांग्रेसले विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा वडाध्यक्ष जित्न निकै सकस भयो। संगठन निर्माणमा जुटिरहयो त्यसको फल अहिलेको निर्वाचनमा आफ्नो पोल्टामा वडाध्यक्ष पार्यो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७