भोजपुरको आमचोकमा माओवादी केन्द्रको अशोक राई र सीता राई विजयी


२ जेष्ठ २०७९, सोमबार
ashok rai and sita rai

भोजपुर, २ जेठ । भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्।

माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्द्धी एमालेका वसन्त राईले ३२५८ मत ल्याए ।

यस्तै उपाध्यक्षमा माओवादीकी सीता राईले ३५११ मत ल्याएर विजयी भएकी छिन् गठबन्धनबाट काँग्रेसका उपाध्यक्ष छिरिङ शेर्पाले ३१०३ मत ल्याएर पराजित भएका छन् ।

माओवादीकी सीताले काँग्रेस एमालेका संयुक्त उम्मेदवार छिरिङलाई ४०८ मतले पराजित गरेकी छिन्।

यस्तै आमचोक गाउँपालिकाका १० वडा अध्यक्षमध्ये माओवादीले ६ वडा अध्यक्ष जितेको छ। काँग्रेसले २ र एमालेले २ वडा अध्यक्ष जिते।

यो पालिका प्रदेश नम्बर एकका पूर्वमुख्यमन्त्री शेरधन राईको पालिका समेत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७