पाल्पाको तिनाउमा एमालेका प्रेम श्रेष्ठ विजयी


२०७९ जेठ २ सोमबार ०७:२२ बजे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले कुल खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४,४६६ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४,४६५ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।

यसपटक गठबन्धनबाट उम्मेदवारी दिए पनि कांग्रेसभित्रको असन्तुष्टहरुलाई मिलाउन सकेका थिएनन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पालिकाका कांग्रेस सभापति प्रेम पाण्डेयसहित सबै पदाधिकारी, वडा सभापति लगायतले राजीनामा बुझाएका थिए ।

तिनाउ गाउँपालिका-१ मा एमालेबाट भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ३ बाट चित्रबहादुर थापा ४ बाट तुलबहादुर आले ५ बाट इन्द्रा चिदी र ६ वडाबाट टोमबहादुर पुन विजयी भएका छन् । ३ का थापा र ६ का पुन कांग्रेसका हुन् । अन्य वडाका सबै एमालेबाट निर्वाचित भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७