‘चपली हाइट’ का नायक गोदावरी नगरपालिका-३ को अध्यक्ष निर्वाचित


२ जेष्ठ २०७९, सोमबार
nasuraj ghimire q2WQ1iYZFn

काठमाडौं । अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका-३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १,०५९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आचार्यले १,०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।

घिमिरेले केही अगाडि आफूले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुबिधा नलिने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफूले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।

फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा सर्वत्र चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । उनले केही फिल्म र थुप्रै म्युजिक भिडियो समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७