प्युठान ऐरावतीमा कांग्रेसका शाह निर्वाचित


२ जेष्ठ २०७९, सोमबार
Nabil Bikram Shah Airabati Pyuthan

प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवीलविक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गरे ।

कांग्रेसका शाहले ४,६६९ मत पाउँदा माओवादीका बस्नेतले २,६५० मत पाए । नेकपा एमालेका श्यामबहादुर थापाले १,५८६ मत पाएका छन् । उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४,६४७ मतसहित निर्वाचित भए । स्वतन्त्र उम्मेदवार टीकाबहादुर गुरुङले १,७२१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमलाकुमारी ज्ञवालीले १,५४७ मत पाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७