काठमाडौं : बालेन साहलाई २३ सय बढी मतको अग्रता, उपमेयरमा सुनिता अगाडि

मतगणनामा किन हुँदैछ ढिलाइ ?


२ जेष्ठ २०७९, सोमबार
balen shah sunita dangol ktm

काठमाडौं । काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उनले ५,२१४ मत पाएका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले २,८३२ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले २,४७० मत प्राप्त गरेकी छन् भने उपमेयरमा भने एमालेकी सुनिता डंगोलको अग्रता छ । उनले ३,३८४ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गरेका छन् ।
मतगणनामा किन हुँदैछ ढिलाइ ?
काठमाडौं महानगरपालिकामा भइरहेको मतगणनाको विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रोश र ब्यङ्ग्य भइरहेको छ । अन्तिम मतपरिणाम आउँदा हाल चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह बुढो हुनेदेखि मतगणना गर्न विजय शाहीलाई बोलाउनु पर्नेसम्मका कटाक्ष आइरहेका छन् ।

अनि कतिपय चाहिँ लकडाउनको बेलामा एक किलो चामलमा कति वटा दाना हुन्छन् भन्दै गन्नेलाई मतगणनामा बोलाउनुपर्ने भन्दै मजाक गरिरहेका छन् ।
यो मजाक यसकारण आइरहेको छ कि अहिलेकै गतिमा मतगणना हुने हो भने मत परिणाम आउन करिब ३४ दिन लाग्ने देखिन्छ । किनभने काठमाडौं महानगरपालिकामा १ लाख ९० हजारभन्दा केही बढी मत खसेको छ । अहिलेकै गतिमा यो मत गन्न ३४ दिन लाग्नेछ ।

अहिले मतगणना ढिलाइ हुँदा यसको सबै दोष मतगणक वा त्यहाँ खटिएका कर्मचारीलाई मात्रै लगाइएको छ । तर कर्मचारीकै कारण मतगणनामा ढिलाइ भएको भने पक्कै होइन । यसको प्रमुख कारण भनेको काठमाडौंमा उम्मेदवारको संख्या बढी हुनु, मतपत्र लामो र ठूलो हुनु लगायतका कारण हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७