भोजपुर साल्पासिलिछोमा दौलथ कुलुङ र अस्मिता कुलुङ राई विजयी


२ जेष्ठ २०७९, सोमबार
daulada and asmita kulung rai

भोजपुर, २ जेठ । साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा दौलथ कुलुङ राई र उपाध्यक्षमा अस्मिता कुलुङ राई विजयी भएका छन् ।

सोमबार बिहान सम्पन्न भएको मतपरिणाम अुनसार अध्यक्षमा नेपाली कांग्रेसका महेश राईलाई हराउँदै निर्वाचित भएका हुन् । नेकपा (एमाले)को बाघी उम्मेद्धारको रूपमा उठेका उनले माओवादी केन्द्रसँग गठबन्धन गरेका थिए ।

उनले १८१४ मत ल्याउँदा उनको निकटत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महेश राईले १७८६ मत प्राप्त गरे । भने नेकपा (एमाले)का उम्मेद्धार शान्ति बहादुर अधिकारीले १३८३ मत प्राप्त गरे । वडा नं. ४ को मतगणना सम्मै नै भारी अग्रता लिएका अधिकारी वडा नं. ५ र ६ पछि तेस्रो स्थानमा रहन पुगे ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई १८६२ मतसहित विजयी भएकी छिन् । उनका निकटत्तम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी जलवतीले १५८० मत प्राप्त गरिन । भने नेकपा (एमाले)को रिता घलेले १४८० मत प्राप्त गरिन् ।

साल्पासिलिछोको वडा नं.२ को गणेश खत्री बाहेक सबै नेपाली कांग्रेसले जितेको छ । वडा नं. १ गणेश बुढाथोकी, ३मा बिनोद राई , ४ मा सञ्जय राई, ५ मा शिव कुमार राई र ६मा विक्रम बन सन्यासी जितेका छन् ।

साल्पासिलिछो गणेश बुढाथोकी, शिव कुमार राई र विक्रम बन सन्यासी वडाअध्यक्षमा पुन निर्वाचित भएका हुन् ।

याे पनि पढ्नुहाेस्

साल्पासिलिछो-१ मा कांग्रेसका गणेश बुढाथोकी विजयी
साल्पासिलिछो–२ मा नेकपा (एमाले)को गणेश खत्रीकाे प्यानलै फराकिलो मतान्तरले बिजयी
भोजपुर साल्पासिलिछो –३ मा कांग्रेसको विनोद राई विजयी
भोजपुर साल्पासिलिछो–४ मा नेपाली कांग्रेसका सञ्जय राईको प्यानलै विजयी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७