भोजपुरको पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमै एमाले विजयी


२०७९ जेठ २ सोमबार ०७:४४ बजे

भोजपुर । पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए ।

उनले २ हजार ४ सय ९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेलले १६ सय ८८ मत ल्याए । १३ सय ७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए ।

किरणको यो दोस्रो जित हो । यसअघिको निर्वाचनमा यहाँ उपाध्यक्ष भने माओवादीले जितेको थियो । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४ सय ६ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७ सय ६९ मत प्राप्त गरिन् ।

तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १३ सय ८७ मत प्राप्त गरिन् । यहाँ सुरूमा माओवादी अध्यक्ष दिएर कांग्रेससँग तालमेल गर्ने जिल्ला नेतृत्वमा सहमति भएपनि वडाको नेतृत्वमा भागबण्डा नमिल्दा गठबन्धन दल एक्लाएक्लै भिडेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७