गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनीलाई विश्वसँग जोड्यो : प्रधानमन्त्री


२ जेष्ठ २०७९, सोमबार
20220516083231 ROS 8441

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले विश्वलाई लुम्बिनीसँग जोड्ने बताएका छन् । बुद्ध जयन्तीको अवसर पारेर आज (सोमबार) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सिधै विश्व समुदायसँग जोडिएको बताए ।

उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान समेत गरे । ‘लुम्बिनी अब विश्व समुदायसँग सिधा हवाईमार्गमार्फत जोडिएको छ’, उनले भने, ‘यसले लुम्बिनीमा पर्यटक आवागमनमा सहज हुनेछ । देशको आर्थिक विकासमा समेत टेवा पुर्‍याउनेछ ।’

प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनले मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र लुम्बिनी क्षेत्रको पर्यटनमा समेत परिवर्तन ल्याउने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७