काठमाडौंमा करिब १५ हजार मत गणना : बालेनको ६,६९२ मतसहित अग्रता


२०७९ जेठ २ सोमबार ०८:०५ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म करिब १५ हजार मत गणना भइसकेको छ । अहिलेसम्मको मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ६,६९२ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३,५६५ मत प्राप्त गरेका छन् ।

त्यसै गरी कांग्रेसकी सिर्जना सिंहले ३,१२६ मत प्राप्त गरेकी छन् । निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।

वडा नम्बर १ को मतपरिणाम आइतबार नै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् । केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौं जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७