प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता


२ जेष्ठ २०७९, सोमबार
RS KTM 20220516 133633 scaled

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । लुम्बिनी भ्रमणमा रहेका प्रधानमन्त्री मोदी र नेपाली समकक्षी देउवाबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा देउवा र मोदीबीच प्रधानमन्त्री देउवाको डेढ महिनाअघि सम्पन्न भारत भ्रमणमा भएका फलदायी छलफलबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसक्रममा दुवै प्रधानमन्त्रीले नेपाल-भारत सहकार्य र आपसी हितका बिषयमा बृहत् सिंहावलोकन गर्दै दुई देशबीचको निकट र हार्दिक सम्बन्धलाई अझ विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भेटलाई दुई देशबीचको जारी सहकार्य र बहुआयामिक साझेदारीका नयाँ क्षेत्र विकास गर्ने अवसर भनेका छन् । देउवा र मोदीबीच लुम्बिनी नजिकैको होटल पवन प्यालेसमा भेटवार्ता भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७