पोखरामा धनराज आचार्यलाई ८ सय बढी मतको अग्रता


२ जेष्ठ २०७९, सोमबार
dhanraj acharya pokhara oFKtl3EOQN

कास्की, २ जेठ । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
उनले ६ हजार ३९ मत सहित अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार २ सय २७ मत प्राप्त गरे । राप्रपाका शंकर खरालले ६ सय ५८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ सय ३३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ६ हजार ७७ मत सहित अग्रता लिए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु गुरुङले ५ हजार ९ सय ७१ मत प्राप्त गरे। राप्रपाकी रन्जना सेनले ३ सय ७१ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७