कामपाको मेयरमा बालेन र उपमेयरमा सुनिताको फराकिलो अग्रता कायमै

ललितपुरमा ५,९८४ मतसहित मेयरमा चिरिबाबुको अग्रता


३ जेष्ठ २०७९, मंगलवार
balen shah sunita dangol ktm

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार महानगरको २३ हजार ८८४ मत गनिसक्दा बालेन साहले ९,१८६ मत पाएका छन् ।

उनी एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा ४,२३८ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ४,९४८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४,३२० मत प्राप्त गरेकी छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ । यस्तै, ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरिबाबु महर्जनकै अग्रता छ । प्राप्त मत परिणाम अनुसार उनले ५,९८४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २,२२० मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७