घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी


३ जेष्ठ २०७९, मंगलवार
congress moist

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो । सोही गठबन्धनबाट कांग्रेसका जगतबहादुर भोलन पुनः अध्यक्षमा र माओवादीका शङ्करमान घलान उपाध्यक्षमा विजयी भएका हुन् ।

नव निर्वाचित अध्यक्ष भोलनले २,१०२ र उपाध्यक्ष घलानले २,९८३ मतले विजयी भएका हुन् । उनहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चतरमान लोले १,३५३ र उपाध्यक्ष पदका उम्मेदवार प्रमिला वाइबाले १,५२८ मत प्राप्त गरेकी छन् ।

उक्त गाउँपालिकामा पाँचवटा वडामध्ये चार वडामा माओवादी र एक वडामा एमाले विजयी भएको छ । माओवादीबाट क्रमशः वडा नं १ मा सोमबहादुर भोलन, वडा नं २ मा रोशनकुमार भोलन, वडा नं ४ मा अमृतकुमार वाइबा र वडा नं ५ मा ज्ञानबहादुर सिंजालीको प्यानल नै विजयी भएको छ । वडा नं ३ मा एमालेका निश्चल सुनुवारको प्यानल विजयी भएको छ ।

घ्याङलेख गाउँपालिकामा ९,९७५ मतदाता रहेकामा ६,५२५ मत खसेको थियो । ३,३९३ पुरुष र ३,१३२ महिलाले वैशाख ३० गते भएको निर्वाचनमा मतदान गरेका थिए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७