खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी


३ जेष्ठ २०७९, मंगलवार
amale 1

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का दिलबहादुर रावतले ३,७४७ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा ३,६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले ३,५५८ र एमालेका मनदेवि ओलीले ३,५९४ मत प्राप्त गरेकी छन् । सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुई वडामा एमालेले जित हासिल गरेको छ ।

कांग्रेसबाट वडा नं १ मा वीरबहादुर रावल, २ मा भक्तबहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीतबहादुर रावत र ६ मा हर्क विष्ट विजयी हुनुभएको छ । त्यस्तै एमालेबाट वडा नं ४ मा दलबहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावतसहित सिङ्गो टिम विजयी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७