रमेश खरेलको नेपाल सुशासन पार्टीले जित्यो एक वडाध्यक्ष


३ जेष्ठ २०७९, मंगलवार
ramesh kharel

पर्सा । पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा विजय हासिल गरेको छ ।

पर्साको पोखरीया नगरपालिका-९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन् । आज विहान मत गणनाको अन्तिम नतिजा अनुसार आलम ८७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले ६७८ मत मत प्राप्त गरेका छन् । पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो । जारी मतगणनामा मेयर पदमा सुशासन पार्टीका उम्मेदवार शंकर यादव दोस्रो स्थानमा छन् । पहिलो स्थानमा भने एमालेका उम्मेदवार प्रधुमनप्रसाद चौहानले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७